३१ बैशाख २०८१, सोमबार

ताजा खबर

किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिमा

नागरिक पोष्ट

मंगलवार, २० चैत्र २०८०

4200 views

4200 views

किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिमा

काठमाडौं। उन्नाइस वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिम रहेको पाइएको छ । इन्टरनेटको माध्यमबाट चल्ने सामाजिक सञ्जालसहितका अन्य विभिन्न माध्यमबाट किशोरकिशोरीहरु साइबर हिंसाको शिकार हुने गरेको पाइएको हो ।

महिला पत्रकारहरुको संस्था संवाहिका समाज नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको साइबर हिंसा नियन्त्रण सम्बन्धी कार्यशालामा आफुले भोगिरहेका साइबर हिंसाका अनुभव किशोरकिशोरीहरुले साटेका हुन् ।

मनिता९नाम परिवर्तन०ले आफुलाई अनावश्यक म्यासेज आएर हैरानी भइरहेको बताइन् । त्यसबाट बच्नका लागि कसरी अगाडि बढ्ने भन्ने जिज्ञासा उनले राखिन । त्यस्तै सनिला९नाम परिवर्तन०ले पनि आफ्नो सामाजिक सञ्जाल अरुले नै चलाउने गरेको दुखेसो पोखिन । किशोरहरु पनि अनावश्यक म्यासेज आएर कहिले ब्यालेन्स माग्ने, कहिले आर्थिक सहयोग माग्ने खालका समस्याबाट पीडित हुने गरेको सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धि गणेश उच्चमाविका प्राचार्य केशव भण्डारीले हातहातमा पुगेको स्मार्ट फोनले सुविधासँगै साइबर हिंसाको पीडा किशोर किशोरीहरुलाई दिने गरेको बताए । उनले उमेरका हिसाबले पनि चन्चल हुने भएकाले सहजै सामाजिक सञ्जाल र अनलाइनमाध्यमबाट आएका कुरामा आकर्षित हुँदा हिंसाको शिकार हुने उच्च जोखिम रहेको स्पष्ट पारेका हुन् ।

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिपककुमार वस्तीले साइबर हिंसा र त्यसबाट जोगिने उपायका बारेमा किशोरकिशोरीलाई सचेत गराए । सकेसम्म कसैले पठाएका अनलाइन लिंकहरुमा क्लिक नर्गन र अपरिचितले पठाएका कुनै पनि सन्देशहरुको जवाफ नदिन सुझाव दिए । जोखिमयुक्त उमेर समुहका किशोर वा किशोरी दुबैथरीलाई अचेल पहिले गफ गर्ने, त्यसपछि प्रेम जालमा पारेर आर्थिक र शारिरीक हिंसामा पार्ने गरिएको प्रहरीको अनुसन्धानले देखाएको वस्तीले जानकारी गराए ।

कथमकदाचित त्यस्ता हिंसामा परिहालेको खण्डमा घरपरिवारका सदस्यलाई डर र अप्ठेरो नमानीकन बताउन पनि उनले आग्रह गरे । घरमा भन्न नसकेमा आफ्ना सहपाठी तथा विश्वास लाग्ने शिक्षक वा शिक्षिकालाई भन्नुपर्ने उपाय पनि सिकाए । जसले किशोरकिशोरीमा त्यस्ता घटनाले दिने मानसिक तनाव कम हुने र कानुनी उपचारको बाटोमा जान सहज हुने वस्तीले प्रष्ट पारे ।

संवाहिका समाज नेपालकी अध्यक्ष चाँदनी हमालले किशोरकिशोरी भविष्यका कर्णधार भएकाले उनीहरुलाई नयाँ मिडियाका रुपमा आएको साइबर सञ्जालको हिंसाबाट पर राख्न सघाउने उदेश्यले कार्यशालाको आयोजना गरेको बताइन् ।

बाढीजस्तो जथाभावी आएको सूचनाको छनौट गरेर सही सूचनाको उपयोग गर्ने र भाइरल सूचनाको पछि नलाग्न सुझाउदै त्यस्ता पोष्टहरुमा लाइक तथा कमेन्ट गर्दा हुने हानीका बारेमा चर्चा गरिन । उच्च माविका सहप्रधानाध्यापक बुद्धिबहादुर बिकले अनुशासित जीवन विताउन सामाजिक सञ्जालको सदुपयोगमा ध्यान दिनुपर्नेमा जोड दिए ।
समाजका महासचिव शिवा तामाङ, सचिव कविता थापा, कोषाध्यक्ष बिनु श्रेष्ठ, सदस्यद्वय मेनुका कार्की र सावित्री बस्नेतले प्रशिक्षणमा समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।
आर्थिक वर्षमा पाँच हजारभन्दा बढीको साइबर हिंसाका उजुरी ब्युरोमा परेको थियो । जसलाई विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएर कारबाही गरिएको ब्युरोले जनाएको छ । कतिपय संगठित अपराधहरु साइबर अपराधका रुपमा अघि आउने गरेकाले त्यसबाट जोगिने उपायका लागि विद्यालयस्तरदेखि नै सचेतनाका कार्यक्रमहरु निरन्तर चलाउनुपर्नेमा ब्युरोले जोड दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका