१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

नेपाल प्रहरीमा १९ सय भन्दा बढीका लागि नयाँ भर्ना खुल्यो

नागरिक पोष्ट

बुधबार, २ फाल्गुन २०८०

4540 views

4540 views

नेपाल प्रहरीमा १९ सय भन्दा बढीका लागि नयाँ भर्ना खुल्यो

काठमाडौँ – नेपाल प्रहरीले नयाँ भर्ना खुल्ला गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदहरूमा १९ सय भन्दा बढीका लागि दरखास्त आह्वान गरेको हो ।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले  फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका