१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

होटलमा लगानी बढेको बढ्‍यै, पर्यटक नबढ्दा २० खर्ब लगानीको चिन्ता

नागरिक पोष्ट

शुक्रबार, ५ माघ २०८०

2874 views

2874 views

होटलमा लगानी बढेको बढ्‍यै, पर्यटक नबढ्दा २० खर्ब लगानीको चिन्ता

काठमाडौं, ५ माघ । गत बर्ष २०२३ मा १० लाख १४ हजार पर्यटकले नेपाल भ्रमण गरे । यसलाई सरकारले ठुलो उपलब्धि मानेको छ । यो बर्ष पनि यति नै संख्यामा पर्यटक भित्रने सरकारको आकंलन छ ।

पर्यटन क्षेत्रमा खर्बौं लगानी भए पनि सरकार भने न्यून लक्ष्यमै सीमित छ । ३५ लाख पर्यटकलाई सत्कार गर्ने क्षमता भएको पर्यटन व्यवसायीले दाबी गरिरहँदा सरकार भने १० लाख पर्यटक भित्र्याउने लक्ष्यभन्दा अघि बढ्न सकेको छैन । त्यसले गर्दा लगानी नै जोखिम पर्ने चिन्ता बढेको छ ।

केही समय अघिसम्म काठमाडौं, पोखरा र चितवनमा मात्रै पर्यटकीय होटेल थिए । तर अहिले पूर्वदेखि पश्चिमसम्म दायरा बिस्तार भएको होटल संघ नेपालका अध्यक्ष बिनायक शाहले जानकारी दिए ।

अहिले देशभर २० वटा पाँच तारे होटेल सञ्चालनमा छन् । दुई दर्जन हाराहारी निर्माणाधीन छन् । पर्यटन क्षेत्रमा मात्रै २० खर्ब हाराहारीमा लगानी रहेको उनले बताए । तर, सरकारले पर्यटकीय पूर्वाधारमा ध्यान दिन सकेको छैन । जसको कारण लगानी नै जोखिममा पर्ने चिन्ता थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका