१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

निर्देशन दिएरै भिडियो बनाउन सकिने गुगलको ल्यूमियर एआई सार्वजनिक

नागरिक पोष्ट

आईतवार, १४ माघ २०८०

4149 views

4149 views

निर्देशन दिएरै भिडियो बनाउन सकिने गुगलको ल्यूमियर एआई सार्वजनिक

एजेन्सी । प्रविधि कम्पनी गुगलले लेखेर निर्देशन दिएरै भिडियो (टेक्स्ट टु भिडियो) बनाउन सक्ने एआई सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्नो पछिल्लो एआई मल्टीमोडेल ल्युमियर सार्वजनिक गर्दै यसबाट प्रयोगकर्ताले अक्षरदेखि भिडियो र तस्बिरबाट भिडियो बनाउन सक्ने जानकारी दिएको हो ।


कम्पनीकाअनुसार यो एआईले वास्तविक जस्तै विभिन्न किसिमका मोसनहरु सिर्जना गरेर भिडियो बनाउन सक्छ ।

गुगलकाअनुसार ल्युमियरमा प्रयोगकर्ताले कि लेखेर निर्देशन दिनुपर्ने हुन्छ वा कुनै तस्बिर दिएर निर्देशन दिनुपर्ने हुन्छ । त्यसपश्चात भने एआईको न्यूरल नेटवर्कले निर्देशन वा तस्बिरमा आधारित रहेर भिडियो सिर्जना गरेर दिनेछ ।

ल्युमियर एआई परम्परागत भिडियो मोडलको विपरित स्पेस टाइम यू नेट आर्किटेक्चर मोडलमा आधारित भएर निर्माण गरिएको कम्पनीले जनाएको छ ।

उक्त मोडलमा एआईले कुनै एउटा फ्रेमकै आधारमा पुरै भिडियो निर्माण गर्न सक्छ । हाल भइरहेका भिडियो निर्माण गर्ने एआईले भने एक समयमा विभिन्न फ्रेमहरुलाई संश्लेषित गर्ने र भिडियो निर्माण गर्ने गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका