४ जेष्ठ २०८१, शुक्रबार

ताजा खबर

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्नेलाई आधार दरमै कर्जा दिने

नागरिक पोष्ट

बुधबार, १९ बैशाख २०८१

1344 views

1344 views

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्नेलाई आधार दरमै कर्जा दिने

काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्ने ग्राहकहरूलाई आधार दरमै कर्जा उपलब्ध गराउने भएको छ ।

सो कार्यका लागि गरिमा विकास बैंक लिमिटेड र नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबीच सम्झौता समेत सम्पन्न भएको छ । सम्झौता–पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बी राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दर अर्थात् मा नै सवारी कर्जा प्रवाह गर्नुपर्ने छ । यस्तो कर्जाको अवधि अधिकत १२ वर्षको हुने छ ।


ग्राहकहरूले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्ने छन् । सम्झौतापश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका