३ जेष्ठ २०८१, बिहीबार

ताजा खबर

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’ चैत १६ मा आउने

नागरिक पोष्ट

बिहीबार, ३ फाल्गुन २०८०

3656 views

3656 views

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’ चैत १६ मा आउने

काठमाडौं । सरस्वती पूजाको अवसरमा पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना : योद्धा राजकुमारी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले सरस्वती पूजाको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चैत १६ गते रिलिज हुने जानकारी दिएका हुन् ।

वितरक मनोज राठीले यो फिल्म प्रमुख मल्टिप्लेक्समा रिलिज हुने जानकारी दिए । अफिसियल पोस्टरसँगै यो साता दोस्रो टिजर पनि सार्वजनिक हुने जनाइएको छ । फिल्मलाई तेजशराज जोशीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका