१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाद्वारा समावेशी साँस्कृतिक कार्यक्रम

नागरिक पोष्ट

सोमबार, २८ फाल्गुन २०८०

3809 views

3809 views

डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाद्वारा समावेशी साँस्कृतिक कार्यक्रम

- शर्मिला विश्वकर्मा, २८ फागुन २०८०, काठमाडौँ

मार्च २१ अर्थात् विश्व डाउन सिण्ड्रोम दिवस नजिकै गर्दा हिजो मार्च १० तारिखका दिन डाउन सिण्ड्रोम समाज नेपाल द्वार काठमाडौँमा समावेशी साँस्कृतिक कार्यक्रमको आयोजना गरियो । डाउन सिण्ड्रोम अवस्थाको विषयमा समाज तथा राज्यलाई जनचेतना जगाउने र उनीहरूको प्रतिभा प्रस्फुटन गराई योग्यता तथा क्षमताको प्रत्याभूति गराउने उद्देश्यले समावेशी साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । यही मार्च २१ तारिखका दिन संयुक्त राष्ट्र संघले तय गरेको " End The Stereotypes " " परम्परागत रुढीवादी सोचको अन्त्य " भन्ने नारा सहित १३ औ विश्व डाउन सिण्ड्रोम दिवस मनाइँदै छ । यसै दिवसको पूर्व सन्ध्यामा गत फागुन ६ गते अर्थात् फेबरोरी १८ तारिखमा जनचेतना मूलक फ्यास मोब Flash Mob कार्यक्रमको आयोजना गरियो भने मार्च १ तारिखका दिन विश्व डाउन सिण्ड्रोम दिवस २०२४ का अवसरमा के कस्ता कार्यक्रमहरूको आयोजना गरिँदै छ भनेर जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गरी डाउन सिण्ड्रोमको विषयमा जानकारी पनि गराइएको थियो ।

अझै पनि समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेरिने दृष्टिकोणमा पूर्ण रूपमा सकारात्मक परिवर्तन नआएको र राज्य स्तरबाट पनि आवश्यकता अनुरूप उनीहरूका सवालहरूलाई संवोधन नगरिएको अवस्थामा २१ तारिखका दिन मनाइने जनचेतना मूलक विश्व डाउन सिण्ड्रोम दिवसले जनचेतना जगाउनका साथै सरोकारवाला निकायहरूको ध्यान केन्द्रित गर्न सहयोग गर्ने छ । त्यसैले हिजो मार्च १० तारिखका दिन अर्थात् फागुन २७ गते डाउन सिण्ड्रोम समाज नेपालले सिबिएम, प्रोजेक्ट नेपाल, काठमाडौँ महानगरपालिका वडा नं २६ लगायतका संघ संस्थाहरूको सहकार्यमा समावेशी साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

यस समावेशी साँस्कृतिक कार्यक्रममा ४८ वर्षीय डाउन सिण्ड्रोम अवस्थाकी महिला रिता दुवालले कुमारी नृत्य प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी डाउन सिण्ड्रोम अवस्थाका अर्का युवा बेन्जु लामाले बक्सिङ प्रदर्शन गर्नुका साथै गितार बजाएर विभिन्न गीतहरू पनि प्रस्तुत गर्नु भयो । डाउन सिण्ड्रोम समाज नेपालद्वारा सञ्चालित सत्यं दिवा सेवा केन्द्रका डाउन सिण्ड्रोम अवस्था भएका विद्यार्थीहरूले आफै मादल बजाउँदै राष्ट्रिय गान गाएका थिए । साथै उनीहरूले मारुनी, तामाङ सेलो, लोक भाका, राष्ट्रिय गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए । डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूले नृत्य तथा विभिन्न कला प्रदर्शन गरिएको समावेशी साँस्कृतिक कार्यक्रममा विशेष अतिथि एवं नेपाली चलचित्र जगतकी चर्चित नायिका तथा कलाकार ऋचा शर्माले डाउन सिण्ड्रोम अवस्था भएका बालबालिकाहरूले डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरू विशेष नभई सामान्य अन्य नागरिक जस्तै भएको उनीहरूलाई सबैले साथ सहयोग र अवसर प्रदान गरिनुका साथै समान व्यवहार गरिनु पर्ने बताउनु भयो । साथै उहाँले डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूलाई प्रोत्साहित गर्नका लागि बक्सिङ खेलेर उत्साहित तथा मनोरञ्जन पनि प्रदान गर्नु भएको थियो ।

त्यसै गरी आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले अपाङ्गता भएका व्यक्तिहरू प्रतिको परम्परागत रुढीवादी सोचको अन्त्य गर्नका लागि सबैले एक साथ आवाज उठाउनु पर्ने भन्दै डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूलाई उनीहरू अनुकूलको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था हुन नसकेको गुनासो गर्नु भयो । यसै क्रममा उहाँले यस संस्थाको प्रयास, अभिभावकको साथ सहयोग तथा केही सहयोगी निकायहरूको आँटले अहिले ३ जना डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूले 5Star होटेलमा रोजगारी पाउन सफल भएको पनि जानकारी गराउँदै डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूको पुनर्स्थापना तथा सीप विकास र सीप मूलक तालिमको दिगोपनका लागि आर्थिक सङ्कलन गर्ने र उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यो समावेशी साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

यस समावेशी साँस्कृतिक कार्यक्रममा डाउन सिण्ड्रोम अवस्था भएका व्यक्तिहरू प्रदेश अर्याल र लुजःश्रेष्ठले बुढानीलकण्ठ स्थित लेमन ट्रि प्रिमियर Lemon Tree Premier नामक 5Star होटेलमा रोजगार प्राप्त गरेको र त्यहाँ हाउस किपिङ् तथा वेटर सर्भिसको काम गर्दा अनुभव सुनाउँदै यदि सक्षम बन्नमा डाउन सिण्ड्रोम समाज नेपालको साथ सहयोग रहेको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका