२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी, केन्द्रिय विभाग बिच समझदारी पत्रमा हस्ताक्षर

नागरिक पोष्ट

बुधबार, ३ माघ २०८०

5322 views

5322 views

डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी, केन्द्रिय विभाग बिच समझदारी पत्रमा हस्ताक्षर

माघ ३, काठमाडौं।  सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रिय विभाग बिच सहकार्य शुरु भएको छ।


आज एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री माननिय रेखा शर्माको उपस्थितिमा डिजिटल इम्पावरमेनन्ट सोसाइटी (डिईएस) का अध्यक्ष राजेन्द्र प्रसाद अर्याल र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रिय विभागका विभागिय प्रमुख सविन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।


उक्त समझदारीअनुसार दुबै संस्थाहरुले शैक्षिक र कौशल (Education and skills) बीचको असमानताका समस्या केन्द्रित रहेर सहकार्य गर्नेछन्। कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले काम गर्दै पढ्दै भन्ने सरकारको नीति अनुसार उत्पादन हुने सबै विद्यार्थीहरुलाई रोजगारी सुनिश्चित गर्न सकिने बताईन्। आईटीको नयाँ विषयहरुलाई समावेश गर्दै सूचना प्रविधिको प्रयोग नहुने क्षेत्रमा गुणात्मक परिवर्तन हुन सक्दैन्। आईटी सेक्टरमा हामी छिमेकी देशसहित विश्वभर प्रतिस्पर्धा गर्न सक्छौं। र त्यो संभव छ भन्ने देखिएको छ। मन्त्री शर्माले भनिन्।

हाम्रा सरकारी विद्यालय र विश्वविद्यालयहरुबाट आईटी पढेका विद्यार्थीहरुलाई कसरी रोजगारमा लगाउने कसरी बजारमा बिकाउने भन्ने चिन्तालाई समाधान गर्न यसले सहयोग गर्ने मन्त्रीको धारणा छ। नेपालमा पढाई हुने सबै विषयबाट उत्पादन हुने विद्यार्थीहरु सबैलाई प्राक्टिकल गराउन सक्नुपर्छ। अहिले विदेशमा जाने युवाहरुको ताँति छ त्यसलाई रोक्न पनि आईटी विषय महत्वपूर्ण हुनसक्छ। उनले भनिन्। यसैगरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा शिवला भुसालले बजारमा के भईरहेको छ भन्ने विषयलाई शैक्षिक क्षेत्रमा सँगसँगै लैजान यसले सहयोग पुग्ने बताए। उनले भने, ूमार्केट र शैक्षिक संस्थाबिच सम्बन्ध बिस्तार गर्न सहयोगी हुनेछ। यसले आईटी पढेर पनि बजारमा उपयोग गर्न नपाईरहेको बेलामा विद्यार्थीहरुलाई सहयोग गर्नेछ। बढी भन्दा बढी विद्यार्थीहरु सहभागी गर्न सकियोस्।


कार्यक्रममा बोल्दै डिईएसका अध्यक्ष राजेन्द्र प्रसाद अर्यालले सूचना प्रविधि क्षेत्रमा शैक्षिक र औद्योगिक कार्यहरुका बिचमा देखिएको भिन्नतालाई हटाउन प्रयास गरिने बताए।
हाल हाम्रा आईसीटी शैक्षिक कार्यहरु र आईटी उद्योगबिच निकै भिन्नता र फरकपना देखियो । यी दुबै एक आपसमा सहकार्य गरेर नेपालको सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउनुपर्ने हुँदा यो समझदारीले शैक्षिक संस्थाहरुलाई आफ्ना उत्पादनहरुलाई दक्ष र बजारमा बिक्ने बनाउन मद्दत गर्नेछ। डिईएसका अध्यक्ष अर्यालले भने।

यसैगरी त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रिय विभागका डिन डा बिनिल अर्यालले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र खपत गर्न सकिने बारेमा समझदारी पहिलो पाईला भएको बताए। अहिले नेपालमा आईटी क्षेत्रमा पनि जनशक्तिको अभाव देखिएको छ। एकातर्फ शैक्षिक जनशक्ति दक्ष नहुनु र अर्कोतर्फ उद्योगमा जनशक्ति अभाव हुनुले समस्या भएको हो। यसलाई न्यूनिकरण गर्न सबैले मिलेर जानुपर्छ। त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रिय विभागका विभागिय प्रमुख सायमीले भने। कार्यक्रमको संचालन उप प्राध्यापक श्री बालकृष्ण सुबेदीले गर्नु भएको थियो ।

समझदारीअन्तरगत दुबै  संस्थाहरुले गर्ने प्रमुख कामहरू यस्ता छन् :-


समुदाय, सरकार र उद्योग साझेदारीस् (Community , government and Industry Partnerships)
    उद्योग, व्यापार,  समुदाय र सरकारि संस्थाहरूसँग मजबूत साझेदारी स्थापित गर्ने र पाठ्यक्रम विकास, इन्टर्नशिप अवसर, र रोजगार प्राप्ति गर्नका लागि सहयोग गर्ने।
    उद्योग विशेषज्ञहरू, अतिथि, वक्ता, मेन्टर वा सल्लाहकारलाई संलग्न गर्ने।

इन्डस्ट्री सम्बन्धित पाठ्यक्रमस् (Industry-Relevant Curriculum)
    इन्डस्ट्रीको वर्तमान र भविष्यका आवश्यकताहरूसँग मेल खाने पाठ्यक्रमहरू तयार गर्ने र नियमित रूपमा गउमबतभ गर्ने।
    उद्योग विशेषज्ञहरूसँग सहकार्य गरि आउने चुनौतीहरू पाहिचान गारि र व्यवसायिक बजारमा आवश्यक skills हरू परिचालन  गर्ने।

व्यावसायिक अनुभव प्राप्तिस् (Practical Learning Opportunities)
    स्थानीय ज्ञान तथा वास्तविक अनुप्रयोग बीचको अन्तर बुझाउनका लागि इन्टर्नशिप र परियोजना प्रदान गर्ने।
    स्थानीय विशेष (Locally specialized) मा परिचित उपकरणहरू छानबिन गरि प्रयोग गर्ने।

प्राविधिक एकीकरणस् (Technology Integration)
    शिक्षा वातावरणमा कटिङ(एज उपकरणहरू प्रयोग गरि विश्वसनीय प्रायोजन निर्माण गर्ने।
    डिजिटल नागरिक र प्राविधिक कौशलमा शिक्षा प्रदान गर्ने।

कुशल कौशल विकासस् (Soft Skills Development)
    संवाद, साझेदारि, मौलिक विचार ,सामर्थ्य वृद्धि गराउनका लागि एसोसिएटेड परियोजनाहरू प्रदान गर्ने।
    व्यक्तिहरूको सामाजिक र समस्यात्मक ९एचयदझि कयखिष्लन० सिकाइलाई बढावा गर्नका लागि अनुभवात्मक शिक्षा विधिहरू समाहित गर्ने।

आजीवन शिक्षा पहलस् (Lifelong Learning Initiatives)
    जीवनभर शिक्षा ताथा सांस्कृतिको प्रोत्साह गर्ने।
    पार्ट(टाइम वा अनलाइन पाठ्यक्रम सम्बनधित कार्यक्रमहरू सुरु गरि पेशवर क्षेत्रमा काम गर्न वा गर्न चाहनेलाइ सुविधा प्रदान गर्ने।

उद्यमिता शिक्षास् (Entrepreneurial Education)
    उद्यमिता र नयाँ खोज(अनुसन्धानलाइ प्रोत्साहन गर्ने पाठ्यक्रमहरू सुरु गर्ने।
    उद्यमी विचारहरू र व्यपार विकसित गर्नका लागि आवश्यक साधन र मेन्टर प्रदान गर्ने।

नियमित प्रतिपुष्टि र सुधारस् (Continuous Feedback and Improvement:)
    विद्यार्थी, पूर्व( विद्यार्थी र रोजगारदाताहरूबाट नियमित प्रतिपुष्टि (Feedback) हासिल गरि, योजनाहरूको लागि क्षेत्रीय आवश्यकताहरूको पहिचान गर्ने ।
    उद्योगका आवश्यकता, प्रविधिको बढ्दो बजारमा निरन्तर रूपान्तरण गर्दै, प्रगामी र अनुकूल बन्ने प्रोग्रामहरू सुरु गर्ने।

समाज र पहुँचस् (Inclusivity and Access)
    शिक्षा, सुविधाहरूमा पहुँच पुर्याइ सामाजका असमानताको हल गर्नका लागि पहल गर्ने।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका