२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

संसारकै सबैभन्दा धेरै गाडी निर्यात गरेको चीनको दाबी

नागरिक पोष्ट

शनिबार, ६ माघ २०८०

4081 views

4081 views

संसारकै सबैभन्दा धेरै गाडी निर्यात गरेको चीनको दाबी

चीनले गएको वर्ष संसारकै सबैभन्दा धेरै गाडी निर्यात गरेको दाबी गरेको छ ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीले गएको वर्ष अर्थात् सन् २०२३ मा आफ्नो देश संसारकै सबैभन्दा ठूलो अटो निर्यातकर्ता बनेको बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनले गएको वर्ष झण्डै ५० लाख थान गाडी निर्यात गरेको दाबी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५७ दशमलव नौ प्रतिशतले धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका