२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

नागरिक पोष्ट

बिहीबार, ८ चैत्र २०८०

1888 views

1888 views

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

हनोई। बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  

भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यवाहक राष्ट्रपति बनाइएको हो । भियतनामी राष्ट्रिय सभा ९एनए० को असाधारण अधिवेशनमा उक्त निर्णय गरिएको  छ । 


नयाँ राष्ट्रपति चयन नहुञ्जेलसम्म जुआनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने राष्ट्रिय सभा स्थायी समितिले जनाएको छ । बैठकले थुओङलाई सन् २०२१(२६ को राष्ट्रपति र राष्ट्रियसभाका १५औँ उपप्रमुखको कार्यकालबाट पनि पदमुक्त गरेको छ । 

निवर्तमान राष्ट्रपति थुओङले कानुनी ‘उल्लङ्घन र कमी कमजोरीका लागि आफू दोषी रहेको स्वीकार गर्दै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए।  भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताएका थिए ।


बुधबार भियतनामको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले थुओङको व्यक्तिगत अनुरोधमा उनको राजीनामा स्वीकृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका