२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

अर्थमन्त्री वर्षमान पुन र बेलायती अधिकारीबीच भेटवार्ता

नागरिक पोष्ट

सोमबार, २८ फाल्गुन २०८०

6325 views

6325 views

अर्थमन्त्री वर्षमान पुन र बेलायती अधिकारीबीच भेटवार्ता

काठमाडौँ । बेलायतले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग आइतबार सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा बेलायतको विदेश तथा कमन वेल्थ विकास कार्यालयका निर्देशक बेन मिलरले त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।


भेटमा मिलरले नेपालमा आगामी वैशाखमा हुने लगानी सम्मेलन सफल र उपलब्धिमूलक बनाउन बेलायत सरकारका तर्फबाट पूर्णसहयोग हुने बताए । मन्त्री पुनले नेपाल र बेलायतबीच दुई शताब्दी पुरानो मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउन वर्तमान सरकार लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका