४ जेष्ठ २०८१, शुक्रबार

ताजा खबर

अमेरिकाका विश्वविद्यालयमा इजरायल बिरुद्धको प्रदर्शन, सयौ प्रर्दशनकारी पक्राउ

नागरिक पोष्ट

बिहीबार, २० बैशाख २०८१

1123 views

1123 views

अमेरिकाका विश्वविद्यालयमा इजरायल बिरुद्धको प्रदर्शन, सयौ प्रर्दशनकारी पक्राउ

काठमाडौं । अमेरिकाका विश्वविद्यालयहरुमा प्यालेष्टिनीहरुको पक्षमा प्रदर्शन गर्ने क्रम बढदै गइरहेका बेला यसको लहर फ्रान्सका विश्वविद्यालयसम्म पनि फैलिन थालेको छ । इजरायलले गाजामा युद्धबिराम गर्नुपर्ने र विश्वविद्यालयहरुले इजरायलसँगको सबै सहयोग बन्द गर्नुपर्ने माग राख्दै दुई साताभन्दा अघिदेखि प्रदर्शन शुरु भएको हो । शुरुमा केही विश्वविद्यालयमा सीमित रहेको विरोध प्रदर्शन फैलिएको हो । 


अमेरिकाका कोलम्बिया, लस एन्जलस र अस्टिनसहित २५ वटा विश्वविद्यालयमा गाजामाथि इजरायली हमला रोक्न माग गर्दै प्रदर्शन भएका हुन् । प्रदर्शनका क्रममा एक सयभन्दा बढी विद्यार्थी पक्राउ परेका छन् ।

प्रदर्शन चर्किएपछि केही स्थानमा प्रहरीसँग झडपसमेत भएको छ । यस क्रममा टेक्सास विश्वविद्यालयमा ३४ विद्यार्थी पक्राउ परेका छन् भने क्यालिफोर्निया विश्वविद्यालयमा करिब ३० जनालाई पक्राउ गरिएको छ । अन्य १५० विद्यार्थीलाई कलेजबाट निकाल्ने धम्की दिइएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि अमेरिकी विश्वविद्यालयमा इजरायलको युद्धविरुद्धको प्रदर्शनले भयानक रूप लिएको बताएका छन् । उनले यहुदी विरोधीले विश्वविद्यालय कब्जा गरेको र उनीहरू इजरायललाई मेटाउनुपर्छ भन्ने पक्षमा रहेको आरोप लगाएका छन् । उनले अमेरिकामा यहुदी विद्यार्थी र प्राध्यापकसमेत निशानामा परेको भन्दै यसलाई तत्काल रोक्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका