१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

फागुन ७ गते ७४औँ प्रजातन्त्र दिवस सार्वजनिक बिदा

नागरिक पोष्ट

सोमबार, ७ फाल्गुन २०८०

3928 views

3928 views

फागुन ७ गते ७४औँ प्रजातन्त्र दिवस सार्वजनिक बिदा

काठमाडौँ । आज २८० साल फाल्गुन ७ गते ७४औँ प्रजातन्त्र दिवस को दिन हो । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ । 

जनताको सङ्घर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले फागुन ७ गतेको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ। 
दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका