२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

८ महिनामा ६ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व सङ्कलन

नागरिक पोष्ट

बिहीबार, १ चैत्र २०८०

1463 views

1463 views

८ महिनामा ६ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ — सरकारले गएको साउनदेखि फागुनसम्मको आठ महिनामा छ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो कुल लक्ष्यको ४४ दशमलव ९२ प्रतिशतमात्रै हो । यस वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ ।

यस्तै सरकारले फागुन मसान्तसम्म सङ्कलन हुने भनी तोकिएको लक्ष्य आठ खर्ब ६४ अर्ब रुपैयाँको तुलनामा दुई खर्ब २५ अर्ब रुपैयाँ कममात्रै राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो आठ महिना बितिसक्दा पुँजीगत खर्च २६ दशमलव ८९ प्रतिशतमात्र भएको छ । आठ महिनामा ८१ अर्ब २१ करोड रुपैयाँमात्र पुँजीगत खर्च भएको छ । चालु खर्च भने ५० दशमलव ९८ प्रतिशत भएको छ ।

समग्र सार्वजनिक खर्च आठ खर्ब एक अर्ब रुपैयाँ पुगेको छ । यो कुल विनियोजन लक्ष्यको तुलनामा ४५ दशमलव शून्य आठ प्रतिशत हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका