५ आश्विन २०८१, शनिबार

ताजा खबर

बिद्यार्थीहरुको लागि नेतृत्व तथा ब्याक्तित्व बिकास एक दिने तालिम सम्पन्न

नागरिक पोष्ट

शनिबार, ५ आश्विन २०८१

358 views

358 views

बिद्यार्थीहरुको लागि नेतृत्व तथा ब्याक्तित्व बिकास एक दिने तालिम सम्पन्न

काठमाडौ ।काठमाडौ महानगर पालिका शिक्षा बिभाग र नब जागरण सामुदायिक सिकाइ केन्द्रले आज शुक्रवार बिद्यार्थीहरुको लागि नेतृत्व तथा ब्याक्तित्व बिकास एक दिने तालिम सम्पन्न गरेको छ। 
काठमाडौ महानगरपालिका वडा नम्बर १९ मा रहेको कङकेश्वरी आधारभूत बिधालयका कक्षा ४ देखि ८ कक्षाका बिद्यार्थीहरुलाइ तालिम प्रदान गरिएको हो।त्यसै बिधालय का प्रधानध्यापक बिना श्रेष्ठले महत्वपूर्ण कार्यक्रम बिधालयले पाएकोमा खुशी व्यक्त गर्नु भयो।काठमाडौ महानगर पालिका शिक्षा बिभागका अधिकृतद्वय लक्ष्मी अधिकारी र धनेस्वरी कार्यक्रमको  प्रमुख अतिथि हुनुहुन्थ्यो ।उहाँहरुले ब्यानर पढेर उद्घाटन गर्दै अत्यावश्यक कार्यक्रम भएको बताउदै बि द्यार्थी लागि यस कार्यक्रमको लाभ लिन सम्पुर्ण बिद्यार्थीहरुमा अनुरोध गर्नु भयो। 
बिल्कुलै बिद्यार्थीहरुमा मनोबैज्ञानिक बिधि द्वारा बिद्यार्थीहरुमा प्रशिक्षण गराउनु भएकी उद्घोषण प्रशिक्षकरमोटिभेटर रसन्चार्कर्मी रगायिका बिष्णु माया पौडेलको प्रशिक्षण तारिफ  योग्य देखिन्थ्यो उहाँ आजको कार्यक्रमको सभापति तथा नबजागरण सिकाइ अध्यन केन्द्रको अध्यक्ष समेत हुनुहुन्छ ।त्यसैगरी युवा नेता रामप्रसाद रिजालले मोबाइलको प्रयोगले बिद्यार्थीमा पर्ने सकारात्मक र नकारात्मक प्रभावको बिषयमा प्रशिक्षण गराउनु भएको थियो।आजको कार्यक्रम सन्चालन तथा स्वागत मन्तव्य नागरिक पोष्टकि सम्पादक सबु बस्नेतले गर्नु भएको थियो। सोही कार्यक्रममा रेड मिडिया लगायतको पनि उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?