१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

ज्वालामुखी विस्फोटपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा

नागरिक पोष्ट

सोमबार, ५ चैत्र २०८०

3095 views

3095 views

ज्वालामुखी विस्फोटपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा

ज्वालामुखी विस्फोट भएपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा भएको छ । पछिल्लो तीन महिनामा आपत्काल घोषणा भएको यो चौथो पटक हो ।

हागाफेल र स्टोरी–स्कोगफेलको बीचमा रहेको ज्वालामुखीबाट ठूलो लाभा विस्फोट भएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा प्रभावित क्षेत्रहरूमा उडान गर्नेहरूमध्येका एक विज्ञ म्याग्नस टुमी गुडमुन्डसनले हिजो शनिवारको विस्फोट अहिलेसम्मको सबैभन्दा शक्तिशाली भएको बताउनुभएको छ ।

आइसल्यान्डकाे सबैभन्दा लोकप्रिय पर्यटकीयस्थलहरूमध्ये एक 'ब्लु लगुन' बाट मानिसहरूलाई सारिएको छ । लाभाको पोखरी नै जम्मा भएकाले जोखिम बढिरहेको खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका