१६ बैशाख २०८१, आईतवार

ताजा खबर

उपप्रमुख डंगोलसँग स्वीस राजदूत डेनियलको शिष्टाचार भेट

नागरिक पोष्ट

बिहीबार, ८ चैत्र २०८०

1514 views

1514 views

उपप्रमुख डंगोलसँग स्वीस राजदूत डेनियलको शिष्टाचार भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा। डेनियल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत डेनियलले आज उपप्रमुखको कार्य कक्षमा पुगेर भेट गर्नुभएको हो ।

भेटका क्रममा उपप्रमुख डंगोलले, पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहका लागि महानगरपालिकाले प्रविधिको प्रयोगलाई बढाउँदै लगेको बताउनुभयो । ‘आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवालाई वार्षिक नीति, बजेट तथा कार्यक्रममा प्राथमिकता दिएका छौँ । कार्यक्रमको कार्यान्वयनलाई दिगो र प्रभावकारी बनाउन प्रविधिमा आधारित प्रणाली विकास गरिरहेका हौँ ।’ डंगोलले भन्नुभयो, ‘वडा वडामा स्वास्थ्य प्रवर्धन केन्द्रहरु स्थापना हुँदैछन् । केन्द्रका सेवालाई सरल, पहुँच योग्य र विश्वसनीय बनाउन प्रविधिको उपयोग हुनेछ । यसका लागि साझेदारहरुसँग सहकार्यको सम्भावना रहन्छ ।’

स्वास्थ्य सम्बन्धी नागरिकका समस्यालाई महसुस योग्य समाधान दिनु अहिलेको आवश्यकता हो । भेटका क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘विकेन्द्रीकृत प्रणालीबाट नागरिकलाई आफ्नै नजिक सरकारी सेवा प्राप्त गर्ने वातावरण बनेको छ ।’ 

स्वास्थ्य सेवाको प्रवर्धनका लागि हामी महानगरपालिकासँग सहकार्य गर्न चाहन्छौँ । भेटमा राजदूत डेनियलले भन्नुभयो, ‘प्रविधिले सहज सेवा सुनिश्चित गर्छ । यस कार्यका लागि सहकार्य गर्न तयार छौँ ।’ 

त्यस क्रममा स्वीस व्यापार प्रतिनिधि मण्डलका सदस्य, रिचर्ड रुम्नोङ्ले रोचे डाइनोष्टिक प्रविधि र प्रयोगशालाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

भेटका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारी, स्वास्थ्य विभाग तथा सचिवालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका