३० बैशाख २०८१, आईतवार

ताजा खबर

एक दर्जन बैंकको खराब कर्जा ४ प्रतिशत माथि, एभरेष्ट बैंकको १ प्रतिशत भन्दा कम

नागरिक पोष्ट

सोमबार, १० बैशाख २०८१

5288 views

5288 views

एक दर्जन बैंकको खराब कर्जा ४ प्रतिशत माथि, एभरेष्ट बैंकको १ प्रतिशत भन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दो नै छ । कतिपय बैंकको खराब कर्जा सीमा भन्दा माथि नै पुगेको देखिन्छ । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

पछिल्लो समय देखिएको आर्थिक शिथिलता कारण पनि बैंकहरुका खराव कर्जा अनुपात झन् बढ्दै गएको छ । तेस्रो त्रैमासमा बैंकहरुको औसत खराब कर्जा अनुपात ३.६३ प्रतिशत पुगेको छ । तर, गत आवको सोही अवधिमा भने यस्तो कर्जाको अनुपात ३ प्रतिशत कम अर्थात् २.९८ प्रतिशत रहेको थियो । यो गत आवको तुलनामा भने यस्तो अनुपात शून्य दशमलव ६५ प्रतिशत बिन्दुले बढेको हो ।

अझै पनि आर्थिक गतिविधि बढ्न नसक्दा पनि खराब कर्जा बढेको हो । आर्थिक शिथिलताकै कारण बैंकहरुको कर्जा असुल हुन सकेको छैन । आर्थिक संकटका कारण अधिकांश क्षेत्रको व्यवसायीक आम्दानीमा गिवरावट आएको छ, त्यसको असरले ऋणीहरुको ऋण तिर्ने क्षमता घटेको छ । उनीहरुले कर्जाको किस्ता तथा ब्याज तिर्न पनि सकस नै छ, यसले खराव कर्जा बढेको छ ।

बैंकहरुको खराब कर्जा बढ्दा नाफा पनि प्रभावित भएको छ । गत वर्षको तुलनामा बैंकहरुको नाफा झन्डै आधाले घटेको छ । समिक्षा अवधिमा बैंकहरुको खुद नाफा १३.४७ प्रतिशत घटेर ४० अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । तर, गत वर्ष चैतसम्म बैंकहरूले ४७ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका थिए । खराब कर्जा आएको बढोत्तरीले नै अधिकांश बैंकहरूको वितरण योग्य नाफा पनि ऋणात्मक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका