१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

३२ सय मेगापिक्सेलको संसारकै ठूलो डिजिटल क्यामरा

नागरिक पोष्ट

आईतवार, ९ बैशाख २०८१

3554 views

3554 views

३२ सय मेगापिक्सेलको संसारकै ठूलो डिजिटल क्यामरा

काठमाडौँ– वैज्ञानिकहरुले ३ हजार २ सय मेगापिक्सेलको विश्वको हालसम्मकै सबैभन्दा ठूलो डिजिटल क्यामरा निर्माण गरेको दावी गरेका छन् ।

विभिन्न रिपोर्टसका अनुसार उक्त क्यामराको नाम ‘एलएसएसटी’ राखिएको छ । जुन दक्षिण अमेरिकी मुलुक चिलीमा रहेको भेरा सी रुबिन अब्जरभेटरीमा राखिनेछ ।

अन्तरिक्षको अध्ययनसँगै ब्रम्हाण्डका अन्य रहस्यहरुको खुलासा गर्नका लागि लागि यो क्यामरा सहयोगी हुने अपेक्षा गरिएको छ । यो क्यामरा करीब २० वर्ष लगाएर निर्माण गरिएको हो ।

यो क्यामेराले अन्तरिक्षको एचडी तस्वीर खिच्ने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । यस्तै यो क्यामराले डार्क म्याटर, डार्क इनर्जी, आकाश गंगा तथा सौर्यमण्डलको अध्ययन गर्नमा सहयोग गर्ने वैज्ञानिकहरुको दावी छ ।

अमेरिकाको नेसनल साइन्स फाउन्डेसन र अमेरिकी ऊर्जा मन्त्रालयको सहयोगमा एल एस एफ नोयरल्यावले सो क्यामराको निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका