१८ बैशाख २०८१, मंगलवार

ताजा खबर

तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जन उपत्यका मेयर्स फोरमको कोषाध्यक्षमा चयन

नागरिक पोष्ट

आईतवार, २५ चैत्र २०८०

4217 views

4217 views

तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जन उपत्यका मेयर्स फोरमको कोषाध्यक्षमा चयन

- रबिन थपलिया 

काठमाण्डौं । काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने उपत्यका मेयर्स फोरमको कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जन चयन हुनुभएको छ ।


बिहीबार सम्पन्न फोरमको बैठकले महर्जन कोषाध्यक्षमा चयन हुनुभएको हो । तारकेश्वर नगरपालिकाको प्रमुखको रुपमा पदभार ग्रहण गरेसंगै नगरपालिकाको बिकासमा अहोरात्र खटीनु भएका महर्जनलाई फोरमका सदस्यरहनु भएका उपत्यकाका मेयरहरुले कोषाध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी प्रदान गर्नुभएको हो ।

तारकेश्वर नगरपालिकाका मेयर महर्जन उपत्काभित्रका त्यस्ता मेयर हुन जस्ले आफ्नो तलब र सुविधाहरु सबै संकलन गरेर परोपकारी काममा खर्च गदै आइरहनु भएको छ । तारकेश्वर नगरपालिकाको हितमा नगरप्रमुख महर्जनले छोटो अवधिमानै गरेका निकै उदाहारणीय कामहरुको बारेमा उपत्यकाका मेयर्रहरुको फोरममा चर्चा हुने गरेको छ ।
विहिबार सम्पन्न मेयर्र फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ ।


फोरमको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, सचिवमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र सहसचिवमा मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।


फोरमको सदस्यमा उपत्यकाका बाँकी अन्य सबै नगरका प्रमुख रहेका रहनुभएको छ । फोरमको बैठकले उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यसका लागि करिब रु दुई करोड लगानी आवश्यक पर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका