३१ बैशाख २०८१, सोमबार

ताजा खबर

दोस्रो त्रैमासमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

नागरिक पोष्ट

सोमबार, २२ माघ २०८०

2398 views

2398 views

दोस्रो त्रैमासमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

काठमाडौं, २२ माघ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ६२ दशमलव ९३ प्रतिशत बढेको छ ।

कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो भने चालू आर्थिक वर्षमा बढेर २३ करोड ६६ लाख पुगेको हो ।

त्यस्तै,गत आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ३ अर्ब ४४ करोड रुपैयाँ थियो भने चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ५ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले दोस्रो त्रैमाससम्म ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

चालू आर्थिक वर्षमा कम्पनीले ४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ५४ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५१ दशमलव ८७ गुणा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका