१८ बैशाख २०८१, मंगलवार

ताजा खबर

ब्याजदर सस्तो हुँदा सेयर धितो कर्जा बढ्यो

नागरिक पोष्ट

शनिबार, २४ चैत्र २०८०

4591 views

4591 views

ब्याजदर सस्तो हुँदा सेयर धितो कर्जा बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको ८ महिनामा करिब ९ अर्ब रुपैयाँको सेयर कर्जा प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।  विगत १ महिना अवधिमा थप ५७ करोड रुपैयाँको सेयर कर्जा प्रवाह भएको छ । बैंकहरुमा ५ खर्बभन्दा बढी अधिक तरलता रहेको बैंकरहरुले बताइरहँदा सेयर कर्जामा भने सामान्य मात्र सुधार भएको छ ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार फागुन मसान्तसम्म कुल ८५ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह भएको छ । माघ मसान्तसम्ममा यो शीर्षकमा ८५ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । यता, गत वर्षको असार मसान्तसम्ममा ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । यसआधारमा विगत १ महिनामा थप ५७ करोड रुपैयाँ र ८ महिनामा ९ अर्ब ३३ करोड रुपैयाँ मात्र सेयर कर्जा प्रवाह भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका