३१ बैशाख २०८१, सोमबार

ताजा खबर

सेयर बजारमा दोहोरो अंकको वृद्धि

नागरिक पोष्ट

आईतवार, ९ बैशाख २०८१

817 views

817 views

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । आइतबार नेप्से दोहोरो अंकले बढेको छ ।  नेप्से परिसूचक १२।२९ अंकले बढेर १९८४।४३ विन्दुमा रोकिएको हो । 

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०।२८ अंकले वृद्धि भएर ३५०।७५ विन्दुमा कायम भएको छ ।


आज ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबर कारोबार भएका थिए ।  आज दुई समूहको उपसूचक डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य घटेको थियो भने अन्य समूहको उपसूचक बढेका छन् । 

आज दोल्टी पावरको सेयर सर्वाधिक ९।८८ प्रतिशतले बढेको छ भने पिपुल्स पावरको सेयर मूल्य सबैभन्दा बढी ७।४६ प्रतिशतले घटेको थियो  । 


त्यसैगरी आज कारोबार रकमका आधारमा गार्खाज फाइनान्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ भने सर्वोत्तम सिमेन्टको ७ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका