१७ बैशाख २०८१, सोमबार

ताजा खबर

सुनको मूल्यमा आज पनि रेकर्ड, तोलामा १ लाख ३० हजार

नागरिक पोष्ट

शुक्रबार, १६ चैत्र २०८०

1922 views

1922 views

सुनको मूल्यमा आज पनि रेकर्ड, तोलामा १ लाख ३० हजार

काठमाडौं, १६ चैत । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । बिहीबार नयाँ रेकर्ड बनाएकोमा आज उक्त रेकर्ड ब्रेक गर्दै हालसम्मकै उच्च कायम भएको हो।

बिहीबार छापावाला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँ कायम भएकोमा शुक्रबार प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यता, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका