१६ बैशाख २०८१, आईतवार

ताजा खबर

पर्यटन बोर्डको रिक्त तीन सदस्यमा सापकोटा, भण्डारी र लामा नियुक्त

नागरिक पोष्ट

बिहीबार, १५ चैत्र २०८०

919 views

919 views

पर्यटन बोर्डको रिक्त तीन सदस्यमा सापकोटा, भण्डारी र लामा नियुक्त

पर्यटन व्यावसायीहरु क्रमश स् राम प्रसाद सापकोटा, राजेन्द्र बहादुर लामा, ऋषिराम भण्डारी

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल पर्यटन बोर्डको रिक्त कार्यसमिति सदस्यमा तीन जनालाई नियुक्त गरेको छ । लामो समयदेखि पर्यटन व्यावसायमा आवद्ध व्यावसायीहरु राम प्रसाद सापकोटा ‘कमल’, ऋषिराम भण्डारी र राजेन्द्र बहादुर लामालाई नियुक्त गरेको हो ।

बोर्ड सदस्यमा नियुक्तहरुबाटै उपाध्यक्ष चयन गर्ने परम्परा छ । ग्रामिण पर्यटन प्रवद्र्धन मञ्च भिटोफका पूर्वअध्यक्ष समेत रहेका पर्यटन व्यावसायी कमल सापकोटालाई उपाध्यक्ष चयन गर्ने संभावना रहेको एक बोर्ड सदस्यले बताए । सापकोटा, भण्डारी र लामा तिनै जना नेकपा माओवादी केन्द्र निकट व्यावसायी मानिन्छ । हाल नेपाल पर्वतारोहण संघको केन्द्रीय कार्यसमिति सदस्य रहेका लामा लामो समयदेखि पर्यटन व्यावसायमा आवद्ध छन् ।

नेपालमा ठूलो संख्यामा पर्वतरोही भित्र्याएको भन्दै पटक पटक पुरस्कृत भएका ऋषिराम भण्डारीलाई पनि सरकारले बोर्ड सदस्यमा नियुक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका