१८ बैशाख २०८१, मंगलवार

ताजा खबर

प्रमुख प्रशासकीय अधिकृत परियारसँग बेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारीको भेट

नागरिक पोष्ट

मंगलवार, ४ बैशाख २०८१

885 views

885 views

प्रमुख प्रशासकीय अधिकृत परियारसँग बेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारीको भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र वेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्यु लेवीसबिच द्विपक्षीय भेट भएको छ । सोमबार परियारको सभाकक्ष काठमाडौँ प्लाजामा भेट भएको हो । भेटका क्रममा सहरी व्यवस्थापनमा आपसी प्रशासनिक प्रक्रिया, सेवा व्यवस्थापनलाई चुस्त बनाउन प्रयोग गरिएका विद्युतीय सेवा र सम्भावित आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । 

कुराकानीका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले भन्नुभयो, ‘फरक परिवेशका दुई सहरका बिचमा असल अभ्यासहरुको प्रवर्धन र सिकाइ आदानप्रदान गर्न सकिन्छ ।’ काठमाडौँको अभ्यासका विषयमा जानकारी दिँदै उहाँले, सेवा, सुविधा र विकास व्यवस्थापन, विद्युतीय सेवा प्रवाह र पेशागत दक्षता अभिवृद्धि गर्ने जस्ता कार्यक्रमलाई साझा कार्यक्रमका रुपमा सञ्चालन गर्न सकिन्छ । 


काठमाडौँ युनेस्को रचनात्मक सहरमा सूचीकृत भएको थाहा पाउँदा अझ आत्मीय सम्बन्ध भएको महसुस भयो । भेटका क्रममा सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्युले भन्नुभयो, ‘सहरहरुका प्रशासनिक समस्या उस्तै छन् । यसलाई समाधान गर्ने तथा साझा प्रयत्नबाट सेवाको गुणस्तर सुधार गर्ने दिशामा काठमाडौँ र लिभरपुल बिच सहकार्य गर्न सकिन्छ ।’

भेटका क्रममा वित्त विभागका प्रमुख डा। शिवराज अधिकारीले, काठमाडौँको राजनीतिक, प्रशासनिक तथा सहरी व्यवस्थापन अभ्यासका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस अवसरमा विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका