१६ बैशाख २०८१, आईतवार

ताजा खबर

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

नागरिक पोष्ट

मंगलवार, ६ चैत्र २०८०

3401 views

3401 views

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

काठमाडौं । नेपाल टेलिकमले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षका लागि “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ । टेलिकम केन्द्रीय कार्यालयमा बिहीवार आयोजित एक कार्यक्रममा यस सम्बन्धी सम्झौता भयो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरे ।

सो अवसरमा टेलिकमकी प्रबन्ध निर्देशक पहाडीले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्त्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाबारे नागरिकलाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका