१५ बैशाख २०८१, शनिबार

ताजा खबर

नेपालकै सबैभन्दा ठूलो ९८ इन्चको टिभी, मूल्य ८ लाख माथि

नागरिक पोष्ट

बिहीबार, ८ चैत्र २०८०

2704 views

2704 views

नेपालकै सबैभन्दा ठूलो ९८ इन्चको टिभी, मूल्य ८ लाख माथि

काठमाडौं । चौधरी ग्रुपले टीसीएलको ९८ इन्च आकारको क्यूडी-मिनी एलईडी टिभी नेपाली बजारमा ल्याएको छ । कम्पनीले टीसीएलकै प्याटेन्ट रहेको क्वान्टम डट प्रविधि युक्त टीभी नेपाल भित्र्याएको हो । 

जसको मूल्य नेपाली बजारमा आठ लाख १२ हजार ४९० रुपैयाँ राखिएको छ । यो टिभीले एक अर्बभन्दा बढी जीवन्त र सटीक रङ्गहरू देखाउने दाबी गरिएको छ । चलचित्र हेर्ने, खेल खेल्ने वा स्ट्रमिङि सामग्री रुचाउने प्रयोगकर्तालाई यसले बेजोड चमक र रंगहरू गहिराइमा डुब्न सघाउने उल्लेख छ । 

एआई पिक्चर क्वालिटी प्रोसेसरले प्राकृतिक संसार जस्तै जीवन्त रंग, उत्कृष्ट कन्ट्रास्ट र क्रिस्टल क्लियर पिक्चर क्वालिटी यसमा पाउन सकिन्छ । ओक्यू २.० सीएच ५० वाट हाई-फाई अडियो प्रविधि जडित क्यूडी-मिनी एलईडी टिभीले मनमोहक स्टेरियो साउन्ड र बास नोट दिने भएकाले होम थियटरको अनुभवलाई नयाँ उचाइहरूमा पुर्‍याउने आशा गर्न सकिन्छ । 

गेमिङ मास्टर २.०, एएमडी फ्रिसिंक प्रिमियस प्रोले कुनै रुकावट बिना गेमिङ अनुभव प्राप्त गर्न सघाउँछ । यसमा रहेका गेम पिक्चर मोड र एमिङ एड जस्ता सुविधाले गेमप्लेको एक्योरेसी बढाउँछ । स्लिम र युनिबडी डिजाइन रहेको यो टिभीमा सिमलेस प्यानल पाउन सकिन्छ । 

यो टिभीको सम्पूर्ण स्क्रिनलाई ५०० भन्दा बढी जोनमा विभाजित गरिएको छ । जसले गर्दा ब्याक लाइट र तस्विरको सटीक सन्तुलन कायम हुने गर्छ । एचडीआर १३०० निट्स ब्राइटनेस रहेको यो टिभीले इमर्सिभ अनुभवका साथै आश्चर्यजनक चमक र कन्ट्रास्ट दिने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका