१८ बैशाख २०८१, मंगलवार

ताजा खबर

नेपालको उथपुथलमा वैदेशिक चासो

नागरिक पोष्ट

बुधबार, ५ बैशाख २०८१

9572 views

9572 views

नेपालको उथपुथलमा वैदेशिक चासो

- रामकृष्ण पोखरेल
‘ट्रिगं ट्रिगं ‘गरी टेलीफोनको घंटी बज्दा जुरूक्क उठेर टेलिफोन कता छ भनि छाम छाम छुम छुम गरि शिरानी नजिकै रहेको मोबाईल फेला पार्दा त समय रातीको १२ पो बजेको पो रैछ ।
घंटी को स्युईच खोली हेलो हेलो गर्दै गरेको त टेलिफोन ईन्टरनेशनल कलपो रैछ । अंग्रेजी भाषामा पो मनिस बोलेको सुनियो । अनि को बोल्नु भएको भनि सोध्दा म अमेरीकी राष्ट्रपतिको ह्वाइट हाउस सचिवालयबाट टेलिफोन गरेको हो भन्छ । हैट मलाई अमेरीकी राष्ट्रपतिको सचिवालयको अंग्रेजी भाषाको टेलिफोन । हैट तपाईंले खोजेको मानिस म होईन भन्दै गर्दा पनि ती टेलिफोनमा बोल्ने महिलाको स्वर भएकाले त हेईन तपाईंलाईनै खोजेको हो भन्छिन । ल फसाद भो भनेर हस्यां फस्यागं गरेर भए पनि ती महिलाको स्वर भएको मानिस संग बात मार्न तम्सिएं । होईन तपाईं कहाँ जो नेता पनि सत्तामा आए पछि म अब उथल पुथल ल्याउ छु भन्छन नि त। यस्तो उथल पुथल तपाईंहरू कहां विक्रम संवत २००७ साल देखिनै उथल पुथल गरि रहेकै हो । अनि मुलुकमा स्थिरता र शान्ति ल्याई मुलुकको समग्र विकासमा राजनीतिक  नेताहरू लाग्नु पर्नेमा जहिले पनि उथल पुथलमै रमाई सत्ताको तर मार्ने काममा तल्लिन देखिनु हुन्छ भनेर अलि नमिठो बचन लगाई टेलिफोन घड्क राखिदियो ती महिलाका स्वर भएको मानिसले । म पनि एक छिन घोरिएं ती महिला स्वर भएको मानिसले लगाएको आरोपमा । हो हामी कहां नया पुराना सबै दलका नेताहरू मुलुकमा उथल पुथल मात्रै ल्याउछुं भन्छन । चाहे त्यो सुन तस्करी गरेर होस वा नक्कली भुटानी शरणार्थी बनाएर नगद दोहनको क्म होस वा सहकारी संस्थाका बचत कर्ताको रकम कलम ख्वार्लप्पै पारेर होस , सबै जसो नेता नेत्रीहरू आजकाल नोट बनाउने उद्यममै लागेको पाईन्छ । 
विना लगानी राता रात करोडपति र अरबपति हुने उद्यमत यै रैछ भन्ने छाप आम नेपालीलाई पर्न गएको छ । अनि त राजनेताको हलि बन्न, नब्बे डिग्रीको धनुषटंकार गरि लंमपसार पर्ने राजनितीक कार्यकर्ताको तंछाड मछाडनै गरिरहेको देखिन्छ । नेताको चाकरी चापलुसी गरे छोटो समयमै रोडपती बाट करोडपति हुने उद्यम हे भन्ने बुझेर नेताहरूको पछाडि पछाडी हिड्नेको लर्कोनै देखिन्छ ।
आर्थिक, सामाजिक, राजनीतिक समावेसी लोकतन्त्रलाई सवल, सक्षम र सुसंकृत शुसानबाट मुलुक अगाडि बढाउनेमा तछाड मछाड गर्नु पर्ने ठाउंमा सत्ताको गरम गरम कुर्सिमा बस्न मात्रै तछाड मछाड छ नेपाली नेताहरूको । एका बिहानै ‘ट्रिगं ट्रिगं’ गरि मोबाईलको घटी फेरी बज्यो ! ए मोबाईलको स्क्रिनमा ह्रेरेको त अन्तरराष्ट्रिय कलनै पो रैछ । टेलिफोन उठाएको त डाउनिगं स्ट्रिट लन्डनबाट बोलेको भन्छ । लन्डनको डाउनींग स्ट्रिट त बेलायतको प्रधानमंत्रीको आधिकारिक बास बस्ने ठाऊं पो हो त । किन होला भनि बडो गार्हो सित भारि मनले टेलिफोन गर्ने मनुवालाई हेलो भनेर संबोधन गरेको त उ त पडकेरपो बोल्छ । के भयो भनि सोधेको त । ए तिमीहरू कहिले सहकारी संस्था लुट गर्ने कहिले सुनको लगौंटि लगाएर अन्तरर्ष्टिट्रय एयरपोर्ट बाट उम्मकिनेहरुलाई नै सत्तामा पु¥याउने गर्छौ भनेर झांकोपो झार्छ ।  होईन हामी नेपाली अलि हावा हावाको पछाडि लाग्ने गर्छौं भनेर त्यस मनुवालाई थम थमाउने प्रयास त गरें । तर त्यो बेलायती मनुवाले चित्त बुझाएन । हुन पनि नयाँ पुराना दलका उप्ल्लो तहका नेताहरूको अगुवाईमा सुनको जुत्ताका सोलै चपाउने, सहकारीबाट लुट गरि कम्मर हल्लाई हल्याई चुनावी मञ्चमा मा नौटंकी गर्ने अनि सोझा साझा नेपालीलाई बहकाई बहकाई चुनाव जित्ने । सत्तामा गए पछि जनताको समस्या सामाधानका लागी सिन्नको पनि न भांच्ने । 
बेलुकीको दाल रोटि चपाएर येसो ओछ्यानमा ढल्याक ढुलुक गर्दै गर्दा मोबाईलको घंटी कान फुटने गरि फेरी कारयो । ल न यो केको कोलाहल गरेको होला भनि मेबाईल च्याप्प समाती कानमा पु¥याउँदा त छिमेकी भाषामा अलि कडकिएर बोल्छ एउटा मनुवा । होईन तिम्रा देशका नेता नेत्रीहरू गरिब देशका  धनाढ्य नेता नेत्रीहरूमा गनिन्छन अनि नेपालीहरू दणिण एशियाई देशमध्ये तलबाट गरिब राष्ट्रमा गनिने गरेका छौं भनेर ती मनुवाले बह पोख्दा म त इन्तु न चिन्तु भए । दक्षिण एशिया को सानो टापु मात्र भुभाग हुने माल्दिभ्स भन्दा एक खुडकिलो मात्र माथि रैछौं । गरिब देशका धनि धनि नेता नेत्रीहरू पाल्न सक्ने तिमी गरिब नेपालीहरू विदेश न हिडे के गर्छौ । ति मनुवाले अझ थपे तिम्रा देशका बुद्विजिवी भनाउँदा भडुवाहरू आ– आफ्ना स्वार्थका लागी लुटेराहरूका पछि लागेका छौं । 
प्रजातन्त्र लोकतंत्र गणतंत्रका लागि लडेका हजारौं हजार सहिदको सपना चकनाचुर पार्ने भडुवा नेताहरूलाई धारेहात गालि गर्ने गरेका हाम्रा महान नेता बि पी कोईराला, बांमपन्थि नेता पुष्पलाल र मदन भंडारी, नेपालको गणतात्रिक सककविघान दिन सफल नेता शुसिल कोईराला लगाएतले स्वर्गमा समयमा समयमा नेपाल र नेपाली जनताको उन्नती प्रगतिको समिक्षा गर्दा रैछन । नेपालका पुराना र तन्नेरी दलका नेताहरूमा ठ्याकै एउटै चिरित्र भएके पाए छन । मौका पायो की लुट्ने । नेपालीहरू दुब्लाउने अनि विदेशिने अनि भंसार करको रकम पनि दुब्लाउदै जाने जता पायो उतै लुट मचाउने बाहेक गणतंत्र आएको केहि उप्लब्धि भएन भनेर छिमेकका मनुवाले गुनासो गरेछन । बिकल्पके त भनि मंथन गर्दै जादां बोकालाई सिङ भारी भएको हो की भन्ने तिर पो सोच पुर्याएछन ति स्वर्गमा भएका नेतागणहरू ले । ए वित्यास पर्यो भनेर नंया पुराना दलका सक्षम, योग्य, ईमान्दार, क्षमतावान युवा युवती र पाका नेताहरूको खोजि गर्न विज्ञापन गर्ने निधोमा पो पुगेछन ति स्वर्गवासि नेतागणहरू । 
नंयाँ पुराना युवा युवती र पकाहरूले मुलुकको सामाजिक, आर्थिक र राजनितीक रूपान्तपणका लागी नेपालको वर्तमान राजनितीक, प्रशासनिक संरचनामा ब्यापक परिवर्तन ल्याउन संकल्प गर्नु पर्ने छ । त्यो हो – वर्तमान मंत्रालय, विभाग, आयोगहरूको पुनरावलोकन गर्ने, न्यायिक संरचनाहरूको पुनरगठन गर्ने । राजनैयिक दुतावासहरूको पुनराववोकन गर्ने। प्रादेशिक सभाको चुनाव एलोक्टरल सदस्यबाट चुनाव गराउने। निजी क्षेत्र र लगानीकर्ता भित्र्याउन प्रधानमन्त्रीको संयेजकतामा एक उच्चस्तरिय समितिको गठन गर्ने । बैंक वित्तिय संस्था ऐनको तत्काल पुनरावलोकन गरि नयां बैंक तथा वित्तीय ऐन तर्जुमा गर्ने । स्थानीय सरकार र प्रदेश सरकारको भुमिकामा स्पष्टाता ल्याउन स्पस्ट खाका तयार गर्न निर्देशन दिने सहमति गरी नेतागणहरू आ आफ्ना खोपिहरमा मंत्रणा गर्न लागे छन ।
हैट म पंक्तिकार पनि झल्यास्स भएर अर्ध चेतनाबाट विद्युतिय । अनि त सतीको श्राप परेको मुलुकलाई जोगाउन अर्को जन आन्दोलनको परिकल्पना पो गर्ने जमात यत्र त्यत्र देखिन थाले छ । यो झिल्कोलाई समयमै साम्य गराउन नेताको आंखा खुलोस भन्ने आशिवाचन छ ।

(पोखरेल नागरिक लगानी कोषका पूर्व कार्यकारी निर्देशक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका