२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा

नागरिक पोष्ट

सोमबार, १७ बैशाख २०८१

681 views

681 views

नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकेको छैन ।

खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने बताए ।


पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब एक अर्ब ५० करोड खर्च गरी खेलकुद संरचना बनाइएका थिए । हाल ती संरचना चालु अवस्थामा छैनन् ।

त्यतिबेला अत्याधुनिक फुटबल मैदान, प्यारापिट, अन्तर्राष्ट्रिय मापदण्डको स्वीमिङ पुल, भारोत्तोलन एकेडेमी, सुटिङ रेञ्ज, ह्यान्डबल, पार्केटिङसहितको भलिबल तथा ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्ट निर्माण गरिएका थिए ।


कार्यालय प्रमुख चन्दले खेलकुदमा सङ्घीयता लागू नभएको उल्लेख गर्दै समायोजन नभएका कारण समेत अन्यौल सिर्जना भएको बताए ।

अधिकांश प्रदेशका खेलकुदका कार्यक्रम बुटवल र दाङमा हुने गरेको उल्लेख गर्दै प्रमुख चन्दले राष्ट्रपति रनिङ शिल्डबाहेक अन्य कार्यक्रम नेपालगञ्जमा हुन नसकेका बताए ।

अहिले रङ्गशालामा सङ्घीय सरकारबाट आउने बजेट शून्य रहेको जानकारी दिँदै प्रमुख चन्दले रङ्गशालालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा समिति गठन भएको र त्यसले बुझाएको प्रतिवेदनका आधारमा सञ्चालन हुने बताए ।

उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अभ्यास खेलहरु सञ्चालन गर्ने पर्खाइमा रहेको उल्लेख गर्दै प्रतियोगिता नहुँदा, नियमित रेखदेख र सम्भार नहुँदा फुटबल मैदानमा लगाइएको दुबोसमेत सुकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका