१५ बैशाख २०८१, शनिबार

ताजा खबर

माइक्रोसफ्टको एआईमा आधारित आफ्नो पहिलो ल्यापटप

नागरिक पोष्ट

आईतवार, ११ चैत्र २०८०

2993 views

2993 views

माइक्रोसफ्टको  एआईमा आधारित आफ्नो पहिलो ल्यापटप

माइक्रोसफ्टले एआईमा आधारित आफ्नो पहिलो ल्यापटप सर्फेस प्रो १० र सर्फेस ल्यापटप ६ सार्वजनिक गरेको छ । यी दुवै ल्यापटपमा इन्टेलको पछिल्लो प्रोसेसर कोर अल्ट्रा, कोपाइलट की र न्यूरल प्रोसेसिङ युनिट (एनपीयू) राखिएका छन् ।

ग्राहकले यसमा कोर अल्ट्रा फाइभ १३५ यू र कोर अल्ट्रा १६५ यू मध्ये कुनै चिप राख्न सक्नेछन् । त्यस्तै ८ जीबी र्‍यामलाई बढाएर आफ्नो आवश्यकता अनुसार ६४ जीबीसम्म पुर्‍याउन सक्नेछन् ।  

एक पटकको फुल चार्जमा यस ल्यापटपले १९ घण्टासम्म ब्याट्री ब्याकअप दिन सक्ने दाबी गरेको माइक्रोसफ्टले एआई सम्बन्धी काम गर्न यस ल्यापटपमा नयाँ अनुभव मिल्ने बताएको छ 

ल्यापटपलाई प्रयोगकर्ताले टच, भोइस र सर्फेस स्लिम पेनले चलाउन सक्छन् भने ल्यापटपमा दुई ओटा यूएसबी–सी पोर्ट र एउटा चार्जिङ पोर्ट हुनेछन् । 

फाइभजी सपोर्ट गर्ने पहिलो भएको दाबी गरिएको यो नयाँ ल्यापटपमा डिजाइन भने केही परिमार्जन गरेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका