१६ बैशाख २०८१, आईतवार

ताजा खबर

महानगर स्वयमसेवक’का लागि आवेदन खुला

नागरिक पोष्ट

बुधबार, १६ फाल्गुन २०८०

2075 views

2075 views

महानगर स्वयमसेवक’का लागि आवेदन खुला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर स्वयमसेवक ९सिटी भोलेन्टियर० का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ । यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा ९बालबालिका र वातावरण० स्वयमसेवक र ४० जना सम्युवा ९सम्पदामा युवा र बालबालिका० कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार वहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो ।  

यसमा सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्छ । झाको भनाइ छ ।

बम
महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधान भन्नुहुन्छ, ‘बाबा कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रीत छ । सम्युवा कार्यक्रम समुदायसँग बढी सम्बन्धित छ । यसमा बालबालिका र युवा दुवै अट्टाउँछन् । यो प्लेटफर्ममा पैसा तिरेर प्राप्त गर्न नसकिने कुरा पाइन्छ ।’

स्वयमसेवकका लागि आवेदन दिन तलको लिङ्क क्लिक गर्नुहोस् । त्यसपछि खुल्ने पेजमा माग गरिएका विवरण भर्नुहोस् । जततउकस्ररकजयचतगच।िबतरमाधिण् 

फाराम भर्नका लागि गुगल डकुमेन्टमा लिङ्क उपलब्ध छ । आफ्नो पूरा नाम थर, स्थायी अस्थायी ठेगाना, रुचि भर्नु पर्छ । यसमा आफू कुन विधामा इच्छुक हो, बाबा या सम्युवामध्ये एउटालाई छान्नुपर्छ । त्यो क्षेत्रमा किन स्वयमसेवक बन्न खोजेको हो, त्यसका बारेमा २ सय शव्द सम्ममा धारणा लेखेर पठाउनुपर्छ । यसैगरी वायो डाटा अपलोड गर्नुपर्छ । यो फाराम आउँदो आइतबार ९फागुन २० गते० राती ११ बजेर ५९ मिनेटभित्र भर्न सक्नुहुनेछ ।  

समय दिन सक्ने आवेदकको अवस्था छनोटको मुख्य आधार हो । यसमा ६० प्रतिशत समय दिन सक्ने स्वयमसेवकलाई प्रमाण पत्र दिइनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका