१५ बैशाख २०८१, शनिबार

ताजा खबर

कोशी प्रदेश ट्रफी टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई

नागरिक पोष्ट

शनिबार, ३ चैत्र २०८०

2551 views

2551 views

कोशी प्रदेश ट्रफी टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई

काठमाण्डौ — कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । विराटनगरमा भएको खेलमा कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो ।

कर्णालीले दिएको एक सय ११ रनको लक्ष्य आर्मीले १२ ओभर २ बलमा मात्रै एक विकेट गुमाएर भेट्टायो । आर्मीका तृतराज दासले अर्धशतक बनाए । यस्तै इमरान शेखले ३८ रन बनाए । मोरङ क्रिकेट संघले गरेको प्रतियोगितामा तीन विभागीय टोली र सात वटा प्रदेशका टोली सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका