३१ बैशाख २०८१, सोमबार

ताजा खबर

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

नागरिक पोष्ट

शुक्रबार, ७ बैशाख २०८१

1786 views

1786 views

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं । समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२ गतेदेखि काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेस प्रालिको संयुक्त आयोजनामा वैशाख १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हाइड्रो एक्स्पो हुन लागेको हो ।


इप्पानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिमालयन हाइड्रो एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । एक्स्पोमा १ सयभन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीका स्टल रहनुका साथै सात विषयमा सेमिनार सञ्चालन हुने इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

आगामी सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य र लगानी सम्मेलनको पूर्व सन्ध्यामा हुने एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्पूर्ण हुने उनले बताए ।


एक्स्पो अघि काठमाडौंमा २६ किलोमिटरको इभि र्‍याली गरिने इप्पानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका