१६ बैशाख २०८१, आईतवार

ताजा खबर

जिम्मेवारीप्रति थप प्रोत्साहित हुन महानगर प्रहरी बललाई प्रमुख प्रशासकीय अधिकृत परियारको आग्रह

नागरिक पोष्ट

बिहीबार, ८ चैत्र २०८०

1429 views

1429 views

जिम्मेवारीप्रति थप प्रोत्साहित हुन महानगर प्रहरी बललाई प्रमुख प्रशासकीय अधिकृत परियारको आग्रह

काठमाडौँ । महानगर प्रहरी बलप्रति आम नागरिकका अपेक्षा बढेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीति र नागरिकका अपेक्षाप्रति जिम्मेवार रहन निर्देशन दिनुभएको छ । बागदरबारस्थित प्रहरी बल, कार्यालयको निरीक्षण तथा नगर प्रहरीले सम्पादन गर्ने कामका विषयमा जानकारी लिएपछि नगर प्रहरी बलले आर्जन गरेको जनविश्वाशलाई आत्मीयतासँग जोड्दै लैजान निर्देशन दिनुभएको हो । ‘तपाईँहरुले धेरै काम गर्नु भएको छ । राजधानी सहरको व्यवस्थापनमा यसलाई बढाउनु र दिगो बनाउनु पर्ने छ ।’ उहाँको भनाइ थियो । 

‘नेतृत्वका नीति र नागरिकका अपेक्षालाई पूरा गराउन नगर प्रहरीको गहन जिम्मेवारी छ । यसलाई पूरा गराउन जनशक्ति थप गर्नु पर्ने अवस्था छ । आवश्यकताका आधारमा स्रोत, साधन तथा प्रविधिजन्य उपकरण उपलब्ध गराउनु पर्नेछ । यसका लागि  म प्रतिवद्ध छु ।’ उहाँले भन्नुभयो, ‘उपलब्ध जनशक्तिको परिचालनबाट प्राप्त भएको उपलब्धिलाई बढाउँदै, संस्थागत गर्दै, क्षमता विकास गर्दै लैजाऔँ ।’ त्यस क्रममा उहाँले, पोशाकको गरिमा बचाउन निष्पक्षतामा संवेदनशील हुन आग्रह गर्नुभयो । 


‘प्रहरी बलले महानगरपालिकालाई ४ क्षेत्रमा विभाजन गरेको छ । यीमध्ये पूर्व र मध्य क्षेत्रको व्यवस्थापन गर्न नगर प्रहरी उपरीक्षकको नेतृत्वमा र पश्चिम र उत्तर क्षेत्रको व्यवस्थापन गर्न नायव प्रहरी उपरीक्षकको नेतृत्वमा टोली परिचालन हुने गरेको जानकारी छ ।’ प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो, ‘वातावरण व्यवस्थापन, जुद्ध बारुण यन्त्र कार्यालय सञ्चालन, अनधिकृत सवारी पार्किङ् व्यवस्थापन, तार व्यवस्थापनलगायतका काममा नगर प्रहरी परिचालन गर्ने गरिएको छ ।’

निरीक्षणका क्रममा नियन्त्रण कक्ष सञ्चालन, खाना खाने मेस, पकाउने ठाउँ, बस्ने तथा सुत्ने कक्षको निरीक्षण तथा  सवारी साधनहरुको अवस्था र परिचालन हेरिएको थियो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका