२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

नागरिक पोष्ट

सोमबार, १७ बैशाख २०८१

1004 views

1004 views

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक छन् । गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

रोमाका लागि पाउलो डिबाला र टमी अब्राहम तथा नापोलीका म्याथियास ओभिभेरा र भिक्टर ओसिमहेनले गोल गरेका थिए ।


पहिलो हाफ गोलरहित बराबरी भएको अवस्थामा दोस्रो हाफको ५९औँ मिनेटमा डिबालाले पेनाल्टी मार्फत गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ६५औँ मिनेटमा ओभिभेराले गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

यसैगरी ८४औँ मिनेटमा नापोलीका भिक्टरले गोल गर्दै टोलीलाई २–१ गोलले अघि बढाए । तर खेल सकिन एक मिनेट बाँकी छँदा अब्राहमले गोल गर्दै रोमालाई हारबाट जोगाउँदै २–२ को बराबरी गराए ।


यो बराबरीसँगै ३४ खेलबाट रोमा ५९ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ भने नापोली ५० अंकसहित नवौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका