३१ बैशाख २०८१, सोमबार

ताजा खबर

इंग्लिस प्रिमियर लिग : आर्सनल शीषस्थानमा

नागरिक पोष्ट

आईतवार, ९ बैशाख २०८१

2381 views

2381 views

इंग्लिस प्रिमियर लिग : आर्सनल शीषस्थानमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा उल्भ्सलाई २–० गोलले पराजित गर्दै आर्सनल शीर्षस्थानमा फर्किएको हो ।

आर्सनलका लागि लेआन्द्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले एक–एक गोल गरेका थिए ।


आर्सनलका लागि खेलको ४५औँ मिनेटमा लेआन्द्रोले सुरुवाती गोल गरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा ओडेगार्डले गोल गरेसँगै आर्सनल २–० गोलले विजयी भयो ।

जारी लिगमा ३३ खेलबाट आर्सनल ७४ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ७३ अंकसहित दोस्रो स्थानमा छ । पराजित भएको उल्भ्स ४३ अंकका साथ ११औँ स्थानमा छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका