३१ बैशाख २०८१, सोमबार

ताजा खबर

यी हुन् हालसम्म लाभांश घोषणा गर्ने बीमा कम्पनीहरु, कुनको लाभांश कति ?

नागरिक पोष्ट

मंगलवार, ९ माघ २०८०

4200 views

4200 views

यी हुन् हालसम्म लाभांश घोषणा गर्ने बीमा कम्पनीहरु, कुनको लाभांश कति ?

काठमाडौ । आर्थिक वर्ष २०७९र०८० को लागि बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । सोमबारसम्म ६ वटा बीमा कम्पनीहरुले लाभांश गरेका हुन् ।

जसमध्ये ४ वटा निर्जीवन बीमा रहेका छन् भने २ वटा जीवन बीमा कम्पनी रहेका छन् । हालसम्म सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
गत वर्षको नाफाबाट तुलनात्मक रुपमा नयाँ लाइफ इन्स्योरेन्स कम्पनीले छिटो लाभांश घोषणा गरेको देखिएको छ । अहिलेसम्म लाइफ इन्स्योरेन्स कम्पनीमध्ये सिटिजन्स लाइफ इन्स्योरेन्स र रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले मात्रै लाभांश घोषणा गरेका छन् । दुवै इन्स्योरेन्सले चालु आवमा प्रिमियममा आईपीओ निष्काशन गरेका थिए ।

रिलायबल नेपाल लाइफले हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ । कम्पनीले माघ २९ गते साधारण सभा बोलाएको छ । माघ १५ गते बुक क्लोज मिति तोकेको छ । माघ १४ गतेसम्म कायम शेयरधनीले मात्र बोनस शेयर पाउँनेछन् ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९र०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश गरी कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले माघ १४ गते साधारण सभा आह्वान गरेको छ भने पुस २९ गते बुक क्लोज मिति तोकेको छ । पुस २८ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

त्यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९र८० का लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । उक्त लाभांश पुस १३ गतेको साधारण सभाले पारित समेत गरिसकेको छ । गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९ दशमलव ७२ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९ दशलमव ९७ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनार्थ शूनय दशमलव ५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६ दशमलव ३१ रुपैयाँ बराबरको नगद लाभांश छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९र०८० को लाभांश घोषणा गरेको छ । कम्पनी गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ८ दशमलव ६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर र करसहित ६ दशमलव ३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँ बराबरको नगद लाभांश रहेको छ । कम्पनीले बुक क्लोज मिति भने तय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि माघ १४ गते बुकक्लोज गर्ने भएको छ । माघ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९र०८० को नाफाबाट शेयरधनीलाई ५ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांश कूल गरी ५ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरूले प्राप्त गर्न सक्नेछन् ।

युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १० दशमलव ८०१३ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० दशमलव २६१२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका