३० बैशाख २०८१, आईतवार

ताजा खबर

गएको ५ महिनामा नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर संकलन स् ७ हजार ६९४ जना जनशक्ति परिचालन

नागरिक पोष्ट

आईतवार, १८ चैत्र २०८०

1327 views

1327 views

गएको ५ महिनामा नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर संकलन स् ७ हजार ६९४ जना जनशक्ति परिचालन

काठमाडौँ । ‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले गएको ५ महिना ९कार्तिक, मंसिर, पुस, माघ र फागुन० मा नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर निकालेको छ । यसका लागि ७ हजार ६९४ जना जनशक्ति परिचालन गरिएको छ । सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोतको प्रयोग गर्नु पर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार, आवश्यकताका आधारमा एक्साभेटरसहित उपकरण प्रयोग गरिएको थियो । 

महिनागत रुपमा हेर्दा कार्तिकदेखि फागुनसम्म क्रमशः १ हजार ४ सय, ३ हजार ७३१, १ हजार १२६, ७२५ र ७१२ जना जनशक्ति परिचालन भएका छन् । यी जनशक्ति श्रम बैङ्कबाट लिइएका हुन् । योजनाका फोकल पर्सन एवं महानगरपालिकाका उपनिर्देशक सानुमैया महर्जनका अनुसार यी महिनाहरुमा क्रमशः ८४६, ८४६, २७१, १४४, १७१ र १४१ मेट्रिक टन फोहोर निकालेर व्यवस्थापन गरिएको छ । 

योजना कार्यान्वयन गर्ने क्रममा असोज ३० गतेदेखि नदी किनाराको सरसफाइ थालिएको हो । फागुन २० गतेदेखि नदीभित्र प्रवेश गरेर फोहोर निकाल्न थालिएको हो ।  

गएको मंसिर १ गतेदेखि सहरी सरसफाइका लागि थप गरिएका ३ सय जना जनशक्तिले पनि काम गरिरहेका छन् । उनीहरुलाई नदी किनारा, सडक, पार्क र सार्वजनिक स्थलको सफाइमा खटाउने गरिएको छ । 

सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लाष्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका