८ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

उपनिर्वाचनमा एमालेलाईजीत हासिल : इलाम २मा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारी विजयी

नागरिक पोष्ट

मंगलवार, १८ बैशाख २०८१

5492 views

5492 views

उपनिर्वाचनमा एमालेलाईजीत हासिल : इलाम २मा सुहाङ नेम्वाङ र  बझाङमा दमनबहादुर भण्डारी  विजयी

काठमाडौं ।  इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ । केहीबेरअघि सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतले पराजित गर्नुभएको हो । कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो ।

बझाङमा एमालेका भण्डारी निर्वाचित

काठमाण्डाै – बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।

एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएकाे निर्वाचन आयाेगले जनाएकाे छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभयाे ।

भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गर्नुभएको आयाेगले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका