३१ बैशाख २०८१, सोमबार

ताजा खबर

५९० मेगावाटका जलविद्युत आयोजनामा सिटिजन्स बैंकको लगानी

नागरिक पोष्ट

बिहीबार, १३ बैशाख २०८१

6291 views

6291 views

५९० मेगावाटका जलविद्युत आयोजनामा सिटिजन्स बैंकको लगानी

काठमाडौं ।  सिटिजन्स बैंकले जलविद्युत क्षेत्रमा लगानी गर्ने योजना बनायो । एक मेगावाटको जविद्युत आयोजना सेन्टर फर पावर डेभलपमेन्ट (सीपीडीएस) मा लगानी गर्याे । प्रोजेक्टको लागत कुल २५ करोड रुपैयाँ थियो ।

बैंक एक्लैले २५ करोड रुपैयाँ कर्जा (फाइनान्सिङ) गर्न सक्थ्यो । तर, सिटिजन्स बैंकले सानिमा बैंकसँग सहवित्तीयकरण (कन्सोर्टियम) गरी कर्जा प्रवाह गर्याे । किनभने त्यतिबेला जलविद्युत नयाँ क्षेत्रका रूपमा उदाइरहेको थियो ।

सिटिजन्स बैंकले १ खर्ब ५५ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जसमध्ये २७.५३ प्रतिशत हिस्सा कन्सोर्टियम फाइनान्स रहेको मल्ल बताउँछन् । उनका अनुसार जलविद्युतमा बैंकको अनुभव अब्बल छ । बैंकसँग आवद्ध भएका जलविद्युत लगानीकर्ताहरूले नयाँ आयोजना बनाउँदा पहिलो प्राथमिकता सिटिजन्स बैंकलाई दिने गरेको उनको दाबी छ ।

चैतसम्म बैंकले ५९०.३५ मेगावाटका विभिन्न २८ वटा जलविद्युत आयोजनामा कन्सोर्टियम लोन प्रवाह गरेको छ । जसमध्ये १३ वटा आयोजनामा लिड बैंकको भूमिका निर्वाह सिटिजन्सले गरेको छ भने एउटा आयोजनामा सहायक भूमिका (को लिड)निर्वाह गरेको छ । यस्तै, ३ वटा आयोजनामा सोल फाइनान्सिङ र ११ वटा आयोजनामा सहभागी भएर कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका