२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने, तराईका जिल्लामा हावाहुरी चल्ने

नागरिक पोष्ट

सोमबार, १७ बैशाख २०८१

2857 views

2857 views

चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने, तराईका जिल्लामा हावाहुरी चल्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू९भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू९भागमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहने छ ।


कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू९भागका एक९दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू९भागमा आंशिक बदली रही देशको बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू९भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका