३० बैशाख २०८१, आईतवार

ताजा खबर

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने

नागरिक पोष्ट

आईतवार, १६ बैशाख २०८१

1174 views

1174 views

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने

काठमाडौं  ।  चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ । चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो । 

काठमाडौँस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशित गर्दै भिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ ।


दुतावासले भनेको छ( ‘नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र  नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका