१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

बाना अध्यक्ष पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित

नागरिक पोष्ट

बुधबार, २३ फाल्गुन २०८०

2177 views

2177 views

बाना अध्यक्ष पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित

काठमाडौं  । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका ९बाना० अध्यक्ष सुबोध विलास पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित भएका छन् ।

अध्यक्ष पन्तलाई नेपाली समुदायका लागि गरेको निस्वार्थ समाज सेवा र अथक कार्यप्रतिको उच्च सम्मान गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट राष्ट्रपतिको जीवनकाल उपलब्धि पुरस्कार अर्थात् प्रेसिडेन्ट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो ।


बाना भवन ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा पूर्व दुई चरणका कार्यक्रम सहित कूल १ लाख ८ हजार डलर रकम सङ्कलन गर्न सफल भएको पनि जनाइएको छ ।

अध्यक्षा पन्तलाई ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा बाल्टिमोरकै प्रसिद्ध मोर्गन बिश्वबिद्यालयका प्राध्यापकले राष्ट्रपतिको पदक तथा प्रमाण पत्र हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका