३१ बैशाख २०८१, सोमबार

ताजा खबर

बैंकहरुको प्रोभिजनिङ रकम ३२.७९ प्रतिशतले बढ्यो

नागरिक पोष्ट

बुधबार, १२ बैशाख २०८१

5220 views

5220 views

बैंकहरुको प्रोभिजनिङ रकम ३२.७९ प्रतिशतले बढ्यो

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले समयमा नै कर्जा रकम असुली गर्न नसक्दा खराब कर्जा चुलिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको औसत खराब कर्जा अनुपात ३.६५ प्रतिशत रहेको छ । 

१ वर्ष अघिको तुलनामा वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा ०.६६ प्रतिशत विन्दुले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुको औसत खराब कर्जा २.९९ प्रतिशत थियो । 

खराब कर्जा बढेसँगै बैंकहरुले प्रोभिजनिङ रकम पनि बढेको छ । १ वर्षमा वाणिज्य बैंकहरुको प्रोभिजनिङ रकम ३२.७९ प्रतिशतले बढेर ३९ अर्ब ८७ करोड ६२ लाख ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुको प्रोभिजनमा ३० अर्ब ३ करोड ४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । 

सबैभन्दा धेरै रकम प्रोभिजनिङ गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकको प्रोभिजनमा ५ अर्ब २६ करोड ४६ लाख २५ हजार रुपैयाँ रहेको छ । यसको खराब कर्जा ४.७४ प्रतिशत छ । 

सबैभन्दा धेरै खराब कर्जा लक्ष्मी सनराइज बैंकको रहेको छ । यसको खराब कर्जा अनुपात ५.४९ प्रतिशत छ भने प्रोभिजनिङमा ४ अर्बभन्दा बढी छ । बैंकहरुले कर्जा असुली गरेपछि प्रोभिजनमा राखेको रकम फिर्ता हुन्छ, अनिमात्र त्यसलाई नाफामा देखाउन पाइनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका