१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

अयोध्याको राम मन्दिर र प्रहरी थानालाई बमले उडाउने धम्की

नागरिक पोष्ट

शुक्रबार, ४ फाल्गुन २०८०

3775 views

3775 views

अयोध्याको राम मन्दिर र प्रहरी थानालाई बमले उडाउने धम्की

काठमाडौं । अयोध्यामा राम मन्दिर र लखनउको एक प्रहरी थानालाई बमले उडाइदिने धम्कीपूर्ण चिठ्ठी आएको छ । प्रहरीले सितापुर रोडस्थित पाल रेस्टोरेन्ट नजिकै यो चिठ्ठी फेला पारेको हो । चिठ्ठीमा दुई जनाको नाम र एक युवतीको मोबाइल नम्बर लेखिएको छ ।

यस मामिलामा यूपीको बिकेटी प्रहरी थानामा अज्ञात मानिसहरुविरुद्ध उजुरी दर्ता गरिएको छ । प्रहरीले यस मामिलाबारे छानबिन शुरु गरेको छ । यस अघि पनि यूपीमा एक युवतीको नाम र नम्बर लेखिएको यस्तै खालको पत्र ठाउँ ठाउँमा भेटिएको छ । यस्तै खालको पत्रबारे प्रहरीले यस अघि नै छानबिन शुरु थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका