३ जेष्ठ २०८१, बिहीबार

ताजा खबर

आइ।एम।ई। लाइफ इन्स्योरेन्स कम्पनीले ग¥यो तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुदनाफा ३३ करोड भन्दा बढी

नागरिक पोष्ट

सोमबार, १७ बैशाख २०८१

1242 views

1242 views

आइ।एम।ई। लाइफ इन्स्योरेन्स कम्पनीले ग¥यो तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुदनाफा ३३ करोड भन्दा बढी

काठमाडौं । आइ।एम।ई। लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासिकसम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७५।७९ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार खुद नाफा गरेको थियो ।


चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०।२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कबचदयततबm अझभलत
वगततब mभबि
यस अवधिमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७।७९ प्रतिशत बढी हो ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १५ करोड ९१ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

यस अवधिसम्म कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ११ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्क १७७ रुपैयाँ २५ पैसा रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका