३० बैशाख २०८१, आईतवार

ताजा खबर

आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने :-अर्थमन्त्री पुन

नागरिक पोष्ट

बुधबार, २८ चैत्र २०८०

1446 views

1446 views

आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने :-अर्थमन्त्री पुन

काठमाडाैं  । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् । एसियाली विकास बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँगकाे भेटमा मन्त्री पुनले यस्ताे बताएका हुन् ।

मन्त्री पुनले आर्थिक रुपमा शिथिलता भए पनि सुधारको प्रयास गरिरहेको बताए । गत वर्षभन्दा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपणहरु भइरहेको भन्दै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको बताए।

यस्तै महानिर्देशक कोनेसीले एडिबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे चासो व्यक्त गरे । आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा एडिबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने उनकाे भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका