१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

रुसी सेनामा ७ जना नेपालीकाे ज्यान गयाे

नागरिक पोष्ट

बिहीबार, १ चैत्र २०८०

1905 views

1905 views

रुसी सेनामा ७ जना नेपालीकाे ज्यान गयाे

काठमाण्डौ – रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिलेसम्म रुसी सेनामा कार्यरत ज्यान गुमाउने नेपालीको सङ्ख्या १९ जना पुगेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेको पुष्टि भएको हो ।
साथै मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामा बाहेक अरू विदेशी सेनामा भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको पनि स्पष्ट पारेको छ । रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारले उच्च प्रयास तथा कुटनीतिक प्रयासलाई जारी नै राखेको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका