१२ आश्विन २०८१, शनिबार

ताजा खबर

एएफसी यू-२० एशियन कप छनोटः नेपाल उज्वेकिस्तानसँग पराजित

नागरिक पोष्ट

बुधबार, ९ आश्विन २०८१

477 views

477 views

एएफसी यू-२० एशियन कप छनोटः नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं। एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा बुधबार सम्पन्न खेलमा उज्बेकिस्तानले नेपाललाई ६-० गोल अन्तरले पराजित गरेको हो।  नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल खाएको थियो।


समूह बीमा यो जितपछि उज्बेकिस्तानको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ। त्यस्तै नेपालले भने ३ खेलमा तीन अंक जोडेको छ ।

अघिल्लो खेलमा उज्बेकिस्तानले कम्बोडियालाई ७-० को फराकिलो अन्तरले हराएको थियो। त्यस्तै नेपालले पहिलो खेलमा कम्बोडियासँग ४(१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो।

अब नेपालले शुक्रबार बहराइनसँग खेल्ने तालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?